• 2026 Mar 06 Fri
  • २२ फाल्गुन, शुक्रबार ,वि.सं २०८२
  • We are currently open.
Mar 06,2026

सबैभन्दा धेरै कर तिर्ने आईएमई काे-अपरेटिभ सम्मानित

आईएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६/७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सबैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ । सहकारी विभागले ६४औँ सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच आईएमई को–अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गरेकी हुन् ।

सम्मान ग्रहणपछि संक्षिप्त मन्तव्य दिँदै अध्यक्ष ढकालले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा स्वीकार गर्दै आइरहेको सन्दर्भमा आफ्नो संस्थाले कर मार्फत समग्र सहकारी उद्योगमै सबैभन्दा बढी आयकर दाखिल गरी राज्यलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे । संस्थाका सम्पूर्ण शेयरधनी एवं कर्मचारीहरूलाई यो सफलताको मूख्य श्रेय दिँदै अध्यक्ष ढकालले आगामी दिनमा संस्थाले आफ्नो पहिचानलाई अझै बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

सम्मान ग्रहण कार्यक्रममा आईएमई को–अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पौडेल एवं बोर्ड सचिव सागर ढकालको पनि उपस्थिति रहेको थियो ।